मनी ट्रान्सफरबाट पैसा बुझेको प्रमाण फेला परेपछि ‘कल डिटेल्स’ को आधारमा प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई पुर्यायो कठघरा

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई मनी ट्रान्सफरबाट पैसा बुझेको प्रमाण फेला परेपछि प्रहरीले पक्राउन गरेको हो । प्रहरीले उनले कल डिटेल्स हेर्दा उनले पैसा बुझेको प्रमाण फेला परेको हो । पूर्वगृहमन्त्री खाँणले बिचौलियाहरूसँगको उठबस, ‘कल डिटेल्स’ लगायतका महत्त्वपूर्ण प्रमाणसमेत प्रहरीले संकलन गरेको छ ।

नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरूले पैसा पठाएको प्रमाण फेला पारेपछि प्रहरीले पक्राउ गरेको पाइएको छ । गृहसचिव टेकनारायण पाण्डे तथा गिरोहका अन्य सदस्यले दिएको बयानलाई पनि प्रहरीले प्रमाणकारूपमा लिएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार मनी ट्रान्सफरमार्फत खाँणलाई गिरोहका सदस्यहरूले पैसा पठाएको भेटिएको हो । कति रकम पठाइएको हो भन्नेबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका लागि तल बिचौलियाले रकम उठाएर तत्कालीन गृहमन्त्री, गृहसचिवलगायत उच्चपदस्थ व्यक्तिहरूलाई बुझाएको पाइएको हो ।

गृहस्रोतका अनुसार नेपाल प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापा ’बादल’, उनका छोरा प्रतीक थापा र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ’पासाङ’का छोरा दीपेश पुनका सम्बन्धमा समेत अनुसन्धान गरिरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जु खाँण, पूर्व गृहसचिव महेश्वर न्यौपानेलगायत प्रभावशाली व्यक्तिहरू समेत अनुसन्धानको दायरामा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स