यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । सेयरबजारमा पुनः गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक २.४३ अंकले घटेर १८४१.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज १९ लाख ४२ हजारको कित्ता सेयर ५८ करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११३ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमाल दोलखा हाइड्रोपावरको ८.२४%, वाराही हाइड्रोपावरको ५.८७%, आत्मनिर्भर लघुवित्तको ४.०२%, विपिड्ब्लु लघुवित्तको ४% र न्यादि हाइड्रो ३.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनसीसी डिभेन्चरको ७.२४%, मन्दाकिनी हाइड्रोपावरको ५.४७%, जाल्पा सामुदायिक लघुवित्तको ५.३६%, एनआइबिएल प्रगति फण्डको ५.२८% र इष्टर्न हाइड्रोपावरको ४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स