नक्कली भुटानी शरणार्थी प्रकरणमा के के भने गगन र प्रदिपले संसदमा

काठमाडौं । नेपाली कांग्रेसका संसद गगन थापा र प्रदिप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई छानबिन गरी कानुनको कठघरामा उभ्याउनु पर्ने बताएका छन् । उनीहरूले नातावाद र कृपावादमा नपरी छानबिन गरी जो सुकै दोषी भएपनि कानुनी कारवाही गर्नुपर्ने बताएका हुन् ।

प्रदिप पौडेलः नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् । को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् ।

गगन थापाःअहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ । …. दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्। तपाईंको फिल्म चल्छ । हाउसफुल हुन्छ नभए हल खालि हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स