आजदेखि आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । आजदेखि आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट यी कम्पनीले एकिकृत कारोबार गर्ने भएको हो ।

मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।

नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स