अदालतले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ठहरायो दोषी, ५० लाख डलर जरिवाना

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुव्र्यवहार मुद्दामा दोषी ठहर भएका छन् । अमेरिकी लेखक इ.जिन क्यारलले दायर गरेको यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर भएका हुन् । क्यारलले ट्रम्प विरुद्ध आफूमाथि यौन दुर्व्यवहार र मानहानी गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी थिइन् ।

उक्त मुद्दामा म्यानहटन ज्युरीले सुनुवाईपछि फैसला गर्दै ट्रम्पलाई दोषी ठहर गरेको हो । यौन दुर्व्यवहार र मानहानीमा दोषी ठहर भएपछि ज्युरीले पीडितलाई ५० लाख डलर क्षतिपूर्ति दिन आदेश गरेको छ ।

ट्रम्प सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा छन् । अदालतको यो आदेशले ट्रम्पको निर्वाचन यात्रामा झट्का लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स