काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन गरिदिएको छ ।
कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
जसअनुसार, कम्पनीको ७५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम १८९.५ रुपैयाँका आधारमा नेप्सेले ७५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य १५१.१४ रुपैयाँ कायम गरेको छ ।
योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलि बुधबार बाट कारोबार हुनेछ ।