काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ११ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।