एनएमबि बैंकमा भिडियोबाट खाता खोल्ने सकिने

काठमाडौं । एनएमबिले बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने भएको छ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत् ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडियो केवाईसीमार्फत् ग्राहकहरुले अनलाईन खाताको शुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटलरुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

बैंकले १८१ वटा शाखा, १३७ वटा एटीएम, ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स