इन्साइडर ट्रेडिङ गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधान विरुद्ध सेबोनले गर्यो अदालतमा मुद्दा दर्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ता ज्ञानेन्द्र लाल प्रधानविरुद्ध मुद्दा दर्ता गरेको छ । इन्साइडर ट्रेडिङ र अवैध सेयर खरिद बिक्री गरेको आरोपमा नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।

‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित सेयर कारोबार गरेको सेबोनले ठहर गरेको छ,’ उनले भने ‘सोही कारणले हामीले उनका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हौं ।’

नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष हुँदा प्रधानले सेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतीलाई घरायसी नामसारी गराइ सो सेयर दोस्रो बजारमा श्रीमतीको नामबाट बिक्री गर्ने गरेको नेप्से, सिडिएससि तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणहरुबाट प्रष्ट भएपछि प्रधाननका विरुद्धमा मुद्दा दर्ता भएको हो ।

उनलाई सेबोनले ७५ हजार रुपैयाँ नगद जरिवाना सहित १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी कारवाही यसअघि नै गरिसकेको छ ।

बोर्डको विभागीय अध्ययनमा प्रधानले अनाधिकृत रुपमा सेयर कारोबार गरेको पुष्टि हुने आधार देखिएपछि २४ मंसिरमा प्रधानलाई गैरकानुनी रुपमा सेयर कारोबार गरेको आरोपमा अनुसन्धान गर्ने तहकिकात अधिकृत नियुक्त गरेको थियो । अध्ययनले प्रधानले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको पुष्टि भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स