युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । युनिक नेपाल लघुवित्तले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैशाख २१ गते कम्पनीलाई एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनी १०० को रुपैयाँको दर मै एफपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई युनिक नेपाल लघुवित्तको नामबाट कारोबार भएको हो। संस्थागत र सर्वसाधारणको शेयर संरचना मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स