काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
सोमबार, नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ अंक विन्दुमा आइपुगेको छ ।
आज २८ लाख १० हजारको कित्ता सेयर ८२ करोड ४२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, वीन नेपाल लघुवित्तको ८.०५%, आत्मनिर्भर लघुवित्तको ६.०८%, एनआइबिएल ग्रोथ फण्डको ४.८९%, नेपाल एसआइबि डिभेन्चरको ४.०३% र बिपीडब्लु लघुवित्तको ४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, इष्टर्न हाइड्रोपावरको ९.९९% , शिव श्री हाइड्रोपावरको ६.३७%, बलेफी हाइड्रोपावरको ५.५९%, मल्टी प्रोपोज कम्पनीको ५.४३% र किसान लघुवित्तको ५.३६ प्रतिशतले सेयर मूल्य घटेको छ ।