यूनिटेक हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

काठमाडौं । यूनिटेक हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका ३६ करोड ६७ लाख रकम बराबरको ३६ लाख ६७ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य ले हस्ताक्षर गरेका छन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ जिल्लाको फावाखोला, तिरिंगे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स