आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ बजारमा ल्याएको छ । बैंकले उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता सञ्चालनमा ल्याइएको हो ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।

त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ । महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।

दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास छ । .

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स