सर्वोत्तम सिमेन्टको सेयर खरिदका सम्बन्धमा सेबोन अध्यक्ष र नेप्सेका सीईओलाई अर्थ मन्त्रालयको प्रश्न

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग स्पष्टीकरण सोधेको हो ।

बोर्डका अध्यक्ष ढुंगानाले छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा यथार्थ तथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । ढुगांनाले अमेरिकमा बस्ने छोरी रेबिकाको नाममा १० हजार कित्ता सेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।

नेप्सेका सीईओ अधिकृत चन्द्रसिंह साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा यथार्थ तथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले बोर्ड र नेप्सेलाई काटेको पत्रमा भनिएको छ ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको बोर्ड र नेप्सेसँग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य तथ्य र यर्थाथ के हो ? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स