नवनियुक्त मन्त्रीले राष्ट्रपति पौडेलबाट लिए सपथ

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीनै जनालाई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स