काठमाडौं । धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एलओआई) दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।
नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका हुन् । दोस्रो चरणमा १३ वटाले पाएका छन् । यो सहित आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् । बाँकी कम्पनीको चरणबद्ध रुपमा आशय पत्र दिने बोर्डले जनाएको छ ।