नयाँ अर्थसचिवको जिम्मेवारी अर्जुन पोखरेललाई

काठमाडौं । नयाँ अर्थसचिवमा अर्जुन पोखरेल आएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई जिम्मेवारी दिएको हो । अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। उनलाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए । पोखरेल प्रधानमन्त्री कार्यालयमा थिए । एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको प्रस्तावमा पोखरेललाई अर्थसचिव ल्याइएको हो ।

अर्थसचिवका लागि केबल भण्डारी, कृष्णहरि पुष्कर र पोखरेल दौडमा थिए । पुष्करप्रति अर्थमन्त्री डा. महत सन्तुष्ट नदेखिएपछि पोखरेल सो अर्थसचिवमा सरुवा भएका हुन् । महतले केवल भण्डारीलाई सचिवमा ल्याउन खोजेपनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नरुचाएका कारण भण्डारी ल्याउन सकेनन् ।

२०५१ मा सरकारी सेवामा प्रवेश गरेका पोखरेलसँग आन्तरिक राजस्व विभाग, भन्सार विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा काम गरेको अनुभव छ ।

सम्पत्ति शुद्धिकरण विभागमा महानिर्देशक, अर्थ मन्त्रालयको प्रवक्ता भएका थिए । प्रशासन महाशाखा प्रमुख, कपिलवस्तु र रुपन्देही प्रमुख जिल्ला अधिकारी भएर काम गरेको उनीसँग अनुभव छ । उनी सुदूरपश्चिम प्रदेशको सचिव भएर समेत काम गरिसकेका छन्।

२०७७ सालमा सचिवमा बढुवा भएका उनी मधेश प्रदेशमा प्रमुख सचिव भएका थिए। त्यसपछि उनले लोकसेवा आयोगमा करिब ४ महिना सचिवका रुपमा काम गरे । उद्योग सचिव बनेका पोखरेलले सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स