काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।