नेप्सेका कर्मचारी नयाँ स्टक एक्सचेन्जविरुद्ध आन्दोलित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको विरोध गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएको विषयमा नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

नेप्से कर्मचारी संघले बुधबार नेप्सेको कार्यालयमा कालो ब्यानर प्रदर्शन गर्दै विरोध गरेका छन् । संघका अध्यक्ष नवराज थापाले नेप्सेलाई थप मजबुत र नीतिगत सुधार गर्नुपर्ने अवस्थामा नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाएको भन्दै विरोध गरेको बताएका छन्।

उनीहरुले नेप्सेको आईपीओ जारी गर्नुपर्ने, पुनः संरचना गर्नुपर्ने र प्रविधिमैत्री बनाउनुपर्ने लगायतका माग राखेका छन् । आफ्ना मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन नरोकिने थापाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स