शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ५५ हजारको कित्ता सेयर ६२ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको २ करोड ५६ लाख, हिमाल दोलखा हाइड्रोपावरको २ करोड २९ लाख, कुमारी बैंकको १ करोड ६४ लाख र नबिल बैंकको १ करोड ३७ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स