नेप्सेमा एक लघुवित्तको पौने १७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पौने १७ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

जसअनुसार लघुवित्तको १५ प्रतिशतले हुन आउने १६ लाख ८३ हजार २५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स