कुल गार्हस्थ्य उत्पादनमा कुन क्षेत्रको योगदान कति ?

बैंक तथा बीमा क्षेत्रले ७.३७ प्रतिशत योगदान

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको नेपालको राष्ट्रिय लेखाको तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकले अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्दा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.८६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

गत आवमा यस्तो वृद्धिदर ५.२६ प्रतिशत हुने संशोधित अनुमान र आव २०७७/०७८ मा ४.४९ प्रतिशत रहेको अन्तिम अनुमान छ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा बैंक तथा बीमा क्षेत्रले ७.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

कुन क्षेत्रको योगदान कति?
नेपालको अर्थतन्त्रलाई कार्यालयले समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्रमा गरी २ क्षेत्रमा वर्गीकरण गरिएको छ । यसले नै नेपालको कुल गार्हस्थ्य उत्पादनमा क्षेत्रगत रुपमा यस्तो योगदान रहेको छ ।

जीडीपीमा प्राथमिक क्षेत्रको २४.६ प्रतिशत योगदान हुने कार्यालयको प्रारम्भिक अनुमान छ । त्यसैगरी द्वितीय क्षेत्रबाट १२.९ प्रतिशत योगदान मिल्ने देखिएको छ । यता सेवा क्षेत्रले जीडीपीलाई चालू आवमा ६२.४ प्रतिशत योगदान दिनेछ ।

कृषि क्षेत्रको २४.१२ प्रतिशत योगदान
यता कृषि क्षेत्रबाट नेपालको कुल गार्हस्थ्य उत्पादनमा २४.१२ प्रतिशत तथा गैरकृषि क्षेत्रबाट ७५.८८ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ। कृषि क्षेत्रमा कृषि वन र मत्स्य रहेको छ ।

खानी क्षेत्रबाट ०.५१ प्रतिशत योगदान
यता खानी तथा उत्खनन क्षेत्रले जीडीपीमा ०.५१ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । निर्माण क्षेत्रमा भएको गिरावटले यस क्षेत्रको मूल्यअभिवृद्धि वृद्धिदर न्यून रहने अनुमान गरिएको हो ।

उद्योग क्षेत्रको योगदान ५.३२ प्रतिशत
नेपालको जीडीपीमा उद्योग क्षेत्रले ५.३२ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ । वनस्पति, तोरी, सोयाबिन तथा सूर्यमुखी तेलको उत्पादनको साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीले उद्योग क्षेत्रमा गत आवको तुलनामा चालू आवमा कुल मूल्यअभिवृद्धि वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ ।

विद्युत् ग्यासको योगदान १.६३ प्रतिशत
यता चालू आवको जीडीपीमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यो क्षेत्रले १.६४ प्रतिशत योगदान दिने कार्यालयले अनुमान गरेको छ । यस क्षेत्रले यो वर्ष मूल्य अभिवृद्धि वृद्धिदरमा १ढ.३६ प्रशित वृद्धि हुनेछ। खासगरी सोलुखोला, सुपरदोर्दीलगायतका आयोनाबाट चालू आवमै विद्युत् उत्पादन सुरु भइसकेको तथा थप नयाँ आयोजनाबाट समेत चालू आवमै उत्पादन सुरु भई उत्पादन बढाउने भएकाले मूल्यअभिवृद्धिमा उल्लिखित वृद्धि हुने देखिएको छ ।

पानी आपूर्तिबाट ०.४६ प्रतिशत
चालु आवको जीडीपीमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापबाट ०.४६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।

निर्माण क्षेत्रबाट ५.५२ प्रतिशत
यता निर्माण क्षेत्रबाट यो वर्ष निर्माण क्षेत्रबाट जीडीपीमा ५.५२ प्रशित योगदान मिलेको देखिएको छ । यसको कुल मूल्यअभिवृद्धि वृद्धिदर ६.६२ प्रतिशतले ऋणात्मक हुने कार्यालयले जनाएको छ । निर्माण क्षेत्रमा आएको शिथिलता, निर्माण सामग्री आयात र आन्तरिक उत्पादनमा कमीले वृद्धिदर ऋणात्मक हुने अनुमान छ ।

थोक तथा खुद्राबाट १५.३९ प्रतिशत योगदान
यो वर्ष जीडीपीमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाबाट १५.३९ प्रतिशत योगदान मिल्ने अनुमान गरिएको छ । यो क्षेत्रको पनि कुल मूल्यअभिवृद्धि वृद्धिदर २.९६ प्रतिशतले ऋणात्मक हुनेछ ।

यातायातबाट ६.७९ प्रतिशत
यो वर्ष जीडीपीमा यातायात तथा भण्डारण क्षेत्रले ६.७९ प्रतिशत योगदान दिनेछ ।

आवास र भोजनबाट १.९८ प्रतिशत
यो वर्ष जीडीपीमा आवास र भोजन क्षेत्रले १.९८ प्रतिशत योगदान दिने देखिएको छ। यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर गत आवको तुलनामा चालू आवमा १८.५६ प्रतिशतले उल्लेख्य वृद्धि हुने अनुमान छ।

सूचना तथा सञ्चारबाट १.९७ प्रतिशत
यता जीडीपीमा यो वर्ष सूचना तथा सञ्चार क्षेत्रले १.९७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। चालू आवमा इन्टरनेट सर्भिस प्रोभाइडरको कारोबार तथा वायरलेस कम्युनिकेसनमा भएको वृद्धिको कारण यस क्षेत्रको कुल मूल्यअभिवृद्धि मा अघिल्लो वर्षको तुलनामा यो वर्ष ४.०७ प्रतिशतले वृद्धि हुने अनुमान छ।

जीडीपीमा अन्य क्षेत्रको योगदान
चालु आवमा वित्तीय तथा बीमा क्षेत्रले ७.३७ प्रतिशत, घरजग्गा कारोबार सेवाले ८.३७ प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रले ०.९७ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापबाट ०.७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रबाट ८.१५ प्रतिशत योगदान दिएका छन्।

त्यसै शिक्षा क्षेत्रले ८.२२ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यबाट १.९२ प्रतिशत, अन्य सेवाका क्रियाकलापबाट ०.५९ प्रतिशत योगदान दिएको देखिएको छ ।

बढी योगदान गर्ने बागमती, कर्णाली पुच्छारमा
प्रदेशगत रुपमा वागमती प्रदेशले जीडीपीमा बढी योगदान गरेको छ । कुला गार्हस्थ्य उत्पादनमा बागमतीको ३५.८४ प्रतिशत, कोशी प्रदेशको १५.८२ प्रतिशत, लुम्बिनी प्रदेश १४.१८ प्रतिशत, मधेश प्रदेश १३.७८ प्रतिशत, सूदूर पश्चिम ७.२१ र कर्णाली प्रदेशल नोपलको जीडीपी सबैभन्दा कम ४.२७ प्रतिशत योगदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स