हिमालयन डेष्टिलरीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० अंक विन्दुमा आइपुगेको छ ।

आज २३ लाख ३३ हजारको कित्ता सेयर ६९ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४४ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको २ करोड २८ लाख, शिवम् सिमेन्ट्सको २ करोड १४ लाख, तारागाँउ होटलको १ करोड ९८ लाख र नबिल बैंकको १ करोड ८० लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स