नेपालीको प्रतिव्यक्ति आय १ लाख ८४ हजार १६० रुपैयाँ पुग्यो

काठमाडौं। नेपालीहरूको प्रति व्यत्ति आय बढेर १ लाख ८४ हजार १६० रुपैयाँ पुगेको छ । मंगलबारको १३०.६१ रुपैयाँको विनिमय दरलाई आधार मान्दा नेपालीको प्रतिव्यक्ति आय बढेर पौन दुई लाखभन्दा माथि पुगेको हो । गत आवमा यस्तो आय १ लाख ६७ हजार ३८४ रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा १ लाख ४५ हजार ३०२ रुपैयाँ थियो ।

नेपालीको प्रतिव्यक्ति आय अमेरिकी डलरमा भने १४१० पुगेको छ । गत वर्षको तुलनामा नेपालीहरुको प्रति व्यक्ति आय ३ डलरले बढेको हो । केन्द्रिय तथ्यांक कार्यालयले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो। गत वर्ष नेपालीहरुको आय अमेरिकी डलरमा १४०७ डलर थियो । अघिल्लो आर्थिक वर्षमा १२८४ अमेरिकी थियो ।

पछिल्ला वर्षहरुमा नेपालीको आयमा निरन्तर सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स