फेरि घटेर आयो इन्धनको मूल्य, के घट्ला पेट्रोलको मूल्य ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेको छ ।

आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो। यसअघि प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ र डिजलमा १.५ रुपैयाँ बढेर आएको थियो ।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टीतेलमा प्रतिलिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो ।

त्यसपछि आईओसीले मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको थियो।

आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमलाई अब नाफा हुने देखिन्छ । त्यसैले पेट्रालियम पदार्थको मूल्य निगमले घटाउन सक्ने सम्भावना देखिन्छ।

आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स