सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्रीमा राखेको हो।

इच्छुक हाल विद्यमान संस्थापक सेयरधनीले सेयर खरिदका लागि ७ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

यसअघि उक्त सेयर ३५ दिन म्याद दिएर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरेको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स