कृषकका खेतखेतमा पुग्ने छ अब कृषि एम्बुलेन्स

काठमाडौं । दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने भएको छ । साथै पालिकाले वडा नम्बर ८ सिस हनियाँ नयाँ बजारमा तरकारी संकलन तथा बिक्री केन्द्र पनि स्थापना गरेको छ ।

अब कृषकका खेत खेतमा कृषि एम्बुलेन्स पुग्ने छ र कृषकले उत्पादन गरेका तरकारी सङ्कलन तथा बिक्री केन्द्रसम्म ढुवानी गर्नेछ । बिघौँबिघा तरकारी खेती गर्ने कृषकलाई ढुवानी गर्ने साधन नहुँदा धेरै समस्या हुने गरेको थियो, अब उक्त समस्या हटेको राप्ती गाउँपालिका–४ का कृषक खुशीराम थारुले बताउनुभयो । ‘घरपरिवार सबैले दिनभर बोक्दा पनि नसकिने तरकारी अब एम्बुलेन्सले एकै खेपमा लैजाने भएपछि सहजभएको छ,’ उनले भने ।

वडा नम्बर ३ का कृषक गोताराम चौधरीले पनि करिब १८ कट्ठामा विभिन्न जातका तरकारी रोप्नु भएको छ । अहिले उहाँको खेतबारीमा लौका, काँक्रा, करेला, भिँडी तयारी अवस्थामा छ, राम्रो फलेको छ तर ढुवानी गरेर बजारसम्म लैजान समस्या भएको थियो । कति तरकारी टिपेर घर लिएर राखेको कुहिएको छ भने केहि बजार लगेर बिक्री गरेको उनको भनाइ छ ।

उनका अनुसार आफै बोकेर बजारसम्म लैजान गाह्रो छ, सार्वजनिक गाडीमा लैजाँदा भाडा महँगो भन्छन्, त्यही भएर मान्छेलाई मजुरी दिएर बारीबाट बजारसम्म लग्ने गरेको थिए अब सजिलो हुने भयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषकको समस्यालाई मध्यनजर गर्दै तरकारी संकलन तथा बिक्री केन्द्र र कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए । ‘कृषकले उत्पादन गरेका तरकारी सही समयमा बजार नपुग्दा कृषकले व्यहोर्नुपरेको क्षतिलाई हाम्मीले गम्भीर रुपमा लिएका छौँ, अब छिट्टै बजारीकरणका लागि पनि पहल गर्ने छौँ,’ अध्यक्ष विष्टले भने ।

लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारुले देउखुरी तरकारीको पकेट क्षेत्र भएको भन्दै कृषकका सवालमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए । देउखुरीमा भएका चारवटै पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न सके यहाँका कृषकले लामो समयदेखि ढुवानीमा झेल्दै आएका समस्या समाधान हुने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स