काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सकिने छ।
ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुविधा सुचारु गरिएको हो ।