अपर स्यांगे हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । अपर स्यांगे हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वैशाख १३ गते कम्पनीलाई सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले अनुमति प्रदान गरेसँगै कम्पनीले स्थानियवासी तथा सर्वसाधारणलाई ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

कम्पनीले लमजुंग जिल्लाको मस्र्याङदी गा.पा. वडा नं. ४, स्यांगे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स