बारा २ मा उपेन्द्र यादव ५ हजार मतान्तरले विजयी

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव ५ हजार बढी मतान्तरले विजयी भएका छ्न । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराएका हुन्।

विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।  तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत मात्रै प्राप्त गरेका छन्  राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स