नेप्सेमा एकैदिन थपियो दुई इन्स्योरेन्स सहित ३ कम्पनीको २७ लाख कित्ताबढी बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन थप दुई इन्स्योरेन्स सहित ३ कम्पनीको २७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार, सगरमाथा इन्स्येरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर लिमिटेडको गरि कुल २७ लाख ३१ हजार ३०९.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसअनुसार, सगरमाथा इन्स्येरेन्सको १२.४० प्रतिशतले हुन आउने १६ लाख ५३ हजार ६९९.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यसैगरि, लुम्बिनी जनरल इन्स्योरेन्सको ६.९९ प्रतिशतले हुन आउने ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।

त्यस्तै, नेपाल हाइड्रो डेभलपर लिमिटेडको ५ प्रतिशतले हुन आउने १ लाख ५९ हजार ९६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स