काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो । सोमबार ८९ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ८९ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ५ रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँ कायम भएको छ ।