नेप्से १७ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाखको कित्ता सेयर ८८ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ९१ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, कालिन्चोक दर्शनको ३ करोड १ लाख, नबिल बैंकको २ करोड ६९ लाख, हिमालया डेष्टिलरीको २ करोड ३७ लाख र हिमाल दोलखाको २ करोड १३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स