सभामुखले गरे रास्वपाका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो । उक्त कारबाही गरेको पत्र रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो । त्यस अनुसार सभामुख घिमिरेले पत्रहरूका अध्ययनपछि श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् ।

उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स