काठमाडौं । चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विजयी भएका छन् । लामिछानेले नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले ११ हजार २५१ मत पाएका छन् ।
त्यस्तै, एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन् ।
चितवन क्षेत्र नं. २ मा १० गते भएको निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।