काठमाडौं । निक्षेपको ब्याजदर घटाएर कर्जाको ब्याजदर पनि घटाउने दवावमा परेका वाणिज्य बैंकहरूको आधार दर (बेसरेट) भने बढेको छ । चालु आवको तेस्रो त्रैमासमा दोस्रो त्रैमासको तुलनामा आधार दर औसतमै १.८५ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको आधार दर १.८५ प्रतिशतले बढेर १३.२१ प्रतिशत पुगेको छ ।
दोस्रो त्रैमाससम्म यस्तो दर ११.३६ प्रतिशत थियो भने गत आवको सोही अवधिमा बैंकहरूको औसत आधार दर ११.६९ प्रतिशत थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवमा वाणिज्य बैंकहरूको औसत आधार दर १.५२ प्रतिशतले बढेको छ । गत आवको तुलनामा सनराइज बैंकको मात्रै आधारदर घटेको छ अन्य सबै बैंकहरूको आधार दर बढेको छ ।
आधारदर बढ्दा कर्जाको ब्याजदर महँगो पर्ने हुन्छ । पछिल्लो समय वाणिज्य बैंकहरूले आधार दरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्न सक्ने सहमति गरेका छन् । चैत महिनाको आधारदर हेरेर बैंकहरूले वैशाख महिनादेखि कर्जाको ब्याजदर घटाउने भने पनि अहिलेसम्म कुनै बैंकले पनि ब्याजदर घटाएका छैनन् । बैंकहरू निक्षेपको ब्याजदर भने घटाइसकेका छन् ।
कर्जाको ब्याजदर घटाउन अल्मलिएका बैंकहरूको वित्तीय प्रतिवेदनले आधार दर बढेको देखाएको छ । यहि कारणले बैंकहरूले कर्जाको ब्याजदर नघटाएर बसेका हुन् । केहि बैंकहरूले भने आफ्नो स्पेशल प्रडक्टमा पहिलाको ब्याजदरमा केहि घटाएर कर्जाको स्थिर ब्याजदरको स्कीम ल्याएका छन् ।
बैंकको यो बढेको आधार दरले कर्जाको ब्याजदर घट्छ भनेर बसेका आम ऋणीलाई निराश बनाएको छ । पुस महिनामा आधार दर कै कारणले कर्जाको ब्याजदर घटाउन नसक्दा चैत महिनालाई कुरिएको थियो । तर, अहिले अझ आधारदर बढेर आएको छ । सो कारणले पनि कर्जाको ब्याजदर तत्काल नघट्ने बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रयोग गर्ने ऋणीलाई समान रूपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणको प्रमुख तत्वहरू समावेश गरिएको दर नै आधार ब्याजदर हो । यसकारण आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधारमात्र हो । यही आधारमा टेकेर बैंकहरूले कति प्रतिशत थप गर्ने हो निर्धारण गर्छन् ।
चालु आवको चैतसम्म ७ वटा बैंकको आधारदर ११ प्रतिशतभन्दा माथि छ भने ८ वटाको १० र ११ प्रतिशतकोबीचमा आधारदर कायम रहेको छ । बाँकी बैंकको भने १० प्रतिशतभन्दा कम भएपनि ८.४७ प्रतिशतभन्दा कम आधारदर कुनै पनि बैंकको छैन ।
चालु आवको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैकको आधारदर सबैभन्दा माथि रहेको छ । बैंकको आधारदर बढेर ११.३१ प्रतिशत कायम भएको हो । गत आवको यहि अवधिमा बैंकको आधारदर ९.६३ प्रतिशतमात्रै थियो । पहिलो त्रैमासमा यो बढेर १०.३६ प्रतिशत पुग्यो भने दोस्रो त्रैमासमा ११.२३ प्रतिशत रहेको थियो । चालु आवकै दोस्रो त्रैमासको भन्दा पछिल्लो त्रैमासमा आधार दर बढेको छ ।
आधारदर धेरै हुने बैंकको दोस्रो नम्बरमा सिटिजन्स बैंक र तेस्रोमा लक्ष्मी बैंक परेको छ । यी बैंकहरूको आधार दर क्रमशः ११.१४ र ११.०९ प्रतिशत रहेको छ ।
त्यसरी नै सबैभन्दा कम आधारदर हुने बैंकमा सनराइज र राष्ट्रिय वाणिज्य बैंकपछि स्ट्याण्र्डड चार्टड दोस्रोमा र नेपाल बैंक तेस्रो स्थानमा रहेको छ । सनराइज र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ८.४७ प्रतिशत रहेको छ भने स्ट्याण्र्डड चार्टडको ९.२७ र नेपाल सरकारको सेयर स्वामित्व भएको अर्को बैंक नेपाल बैंकको ९.९२ प्रतिशत आधार दर कायम रहेको छ ।
Bank |
Mid Apr 2023 Chaitra End 2079 |
Mid Jan 2023 Poush End 2079 |
Mid Oct 2022 Ashwin End 2079 |
Mid Apr 2022 Chaitra End 2078 |
Rastriya Banijya Bank | 8.47% | 9.73% | 8.85% | 7.31% |
Standard Chartered | 9.27% | 9.67% | 9.26% | 7.55% |
Nepal Bank | 9.92% | 9.90% | 8.92% | 8.19% |
Everest | 9.94% | 9.97% | 9.30% | 8.36% |
Nabil | 9.99% | 10.10% | 9.45% | 8.22% |
Nepal Investment | 10.16% | 10.42% | 9.18% | 8.06% |
Agriculture Dev | 10.27% | 11.06% | 9.83% | 8.28% |
Siddhartha | 10.45% | 10.91% | 10.43% | 9.53% |
NIC Asia | 10.48% | 11.02% | 10.67% | 9.39% |
NMB | 10.61% | 10.68% | 10.15% | 8.96% |
Sanima | 10.63% | 10.86% | 10.50% | 9.00% |
Global IME | 10.69% | 10.80% | 10.19% | 8.95% |
Kumari | 10.93% | 11.73% | 10.99% | 9.85% |
Prime | 11.01% | 11.34% | 10.91% | 9.68% |
Himalayan | 11.06% | 10.86% | 10.43% | 9.50% |
Prabhu | 11.07% | 11.44% | 10.51% | 9.29% |
Nepal SBI | 11.08% | 10.75% | 10.22% | 9.26% |
Laxmi | 11.09% | 11.37% | 10.66% | 9.64% |
Citizens | 11.14% | 11.39% | 11.14% | 9.81% |
Machhapuchchre | 11.31% | 11.23% | 10.36% | 9.63% |
Sunrise | 8.47% | 11.62% | 10.94% | 10.11% |
277.59% | 238.58% | 267.40% | 245.58% |