काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबई जहाजमा १६७ जनाले यात्रा गरिरहेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुका ९.२० मा उडेको उक्त विमानको दुई वटै इन्जिन फेल भएको थियो । काठमाडौंबाट उड्दा दै विमानको एउटा इञ्जिनमा आगो लागेको थियो ।
काठमडाौंमा विमान अवतर गर्ने अनुमान गरिएपनि विमान चालकले उक्त विमान दिल्लीमा अवतरण गर्न विमान भारतीय आकासतर्फ लगेका छन् । काठमाडौंबाट उडेको जहाज धादिङमा दुई फन्का लगाएर पश्चिमतर्फ उडेको हो ।
अहिले विमानमा लागेको आगो निभेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।
‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन । पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ ।