दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

बंगलादेश । बंगालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ ।

कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुंगाको शीत भण्डारभित्र शवहरू फेला परेका थिए । पीडित सबैको हातखुट्टा बाँधिएको प्रहरीले जनाएको छ ।

स्थानीय डुंगाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुंगा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्ध–सडेगलेका शवहरू फेला पारेका तर शवको पहिचान हुन सकेको छैन ।

लुटेराहरूको एक गिरोहले कम्तिमा १० देखि १२ दिन अघि मछुवाहरूलाई आक्रमण गरेर मारेको हुनसक्ने अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स