माई खोला हाइड्रोपावरको आईपीओमा १० लाख बढीको आवेदन

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा १० लाख बढीको आवेदन परेको छ ।

सोमबार साँझ ५ः०३ बजेसम्ममा १० लाख ४६ हजार ६५ आवेदनबाट १ अर्ब १७ करोड ३० लाख १२ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ३० हजार १२० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको १२ लाख ६९ हजार ४११ कित्ता सेयरको ९.२४ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि वैशाख ८ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो ।

कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले लगानीकर्ताले वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ भने कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स