कमोडिटिज एक्सचेन्जको लागि तीन कम्पनीले दिए बोर्डमा आवेदन

काठमाडौं। कमोडिटिज एक्सचेन्जको लागि तीन कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन् ।

आइतबार हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले बोर्डमा आवेदन दिएका हुन्।

हालसम्म कुल तीनवटा कम्पनीले वस्तु विनिमय बजार सञ्चालनको अनुमति मागेका छन्। तर, बोर्डले दुईवटा कम्पनीलाई दिने गरी आवेदन माग गरेको छ।

त्यस्तै, स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले बोर्डमा निवेदन दिएका छन्।

तर, बोर्डले एउटै मात्र कम्पनीलाई स्टक एक्सचेन्जको अनुमति दिनेछ।

नयाँ स्टकका लागि आवेदन दिने आज साँझ पाँच बजेसम्मको मात्र समय रहेको छ ।

बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो।

गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि सर्वोच्चमा मुद्दा परेको थियो। पाँच महिनादेखि रोकिएको प्रक्रिया अदालतको ‘ग्रीन सिग्नल’ ले हटेपछि बोर्डले आवेदन माग गरेको हो। पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स