उपेन्द्र महतोलगायत एनआरएनको लगानीमा अर्को स्टक नेशनल एक्सचेन्ज बोर्डमा दर्ता

काठमाडौं । सर्वोच्च अदालतले अर्को स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि लाइसेन्स लिन ठूला कर्पोरेट घरानादेखि एनआरएनबीच चर्को प्रतिष्पर्धा चर्को छ । आज आइतबार आवेदन दिने अन्तिम दिन नयाँ स्टक एक्सचेञ्जका लागि नेशनल स्टक एक्सचेञ्जको नाम दर्ता भएको हो।

उक्त स्टक एक्सचेन्जमा एनआरएनको लगानी रहेको छ । आज उक्त एक्सचेन्ज धितोपत्र बोर्डमा दर्ता भएको हो । दिपक तिमल्सिनाको नेतृत्वले उक्त एक्सचेन्ज दर्ता गराएको हो । दीपक तिमल्सिना मालिका आयलका अध्यक्ष हुन्। तिमिल्सिना स्मार्ट टेलिकमका पनि संचालक भइसकेका छन् ।

कम्पनीमा एन आरएनका सस्थापक अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछाने, कूल आचार्य लगाएको लगानी रहेको तिमल्सिनाले बताए । नेशनलमा दीपक तिमिल्सिनासहित केडिया ग्रुप, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ ।

बोर्ड स्रोतका अनुसार यो कम्पनीमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ । बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछानेको पनि नेशनलमा लगानी रहेको बुझिएको छ ।

यो बाहेक अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, रिलायन्स ग्रुपका विनोदकुमार अग्रवाल तथा नारायण तोदी, भरतकुमार तोदी, ऋषि अग्रवाल लगायतको लगानी छ ।

बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो।

गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि सर्वोच्चमा मुद्दा परेको थियो। पाँच महिनादेखि रोकिएको प्रक्रिया अदालतको ‘ग्रीन सिग्नल’ ले हटेपछि बोर्डले आवेदन माग गरेको हो। पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो।

शुक्रबार मात्रै दीपक भट्टको नेतृत्वमा हिमालयन स्टक दर्ता भएको थियो । नयाँ स्टकका लागि आवेदन दिने आज अन्तिम दिन हो । ३ अर्बको कम्पनी हुनुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स