नाफा बढेपनि १७ बैंकको घट्यो प्रतिसेयर आम्दानी (कसको अवस्था कस्तो?)

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको प्रतिसेयर आम्दानी औसतमा ४.३२ रपैयाँले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म औसतमा २२.५८ रुपैयाँ थियो भने ६ महिनाको अन्तरालमा प्रतिसेयर आम्दानी घटेर औसतमा १८.२६ रुपैयाँमा सीमित भएको छ । पहिलो त्रैमासमा वाणिज्य बैंकको कुल प्रतिसेयर आम्दानी ४७४.२३ रुपैयाँ थियो भने अहिले सो घटेर ३८३.४८ रुपैयाँमा सीमित भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म देशमा सञ्चालित २१ वाणिज्य बैंकहरूमध्ये ७ वटाले नाफा घटाएपनि अन्यले बढाएका छन् । वित्तीय क्षेत्र कहिले निक्षेपका कारण त कहिले कर्जा प्रवाह हुन नसकेर अतालिरहेका बेलामा पनि बैंकहरूको नाफामा त्यस्तो धेरै गिरावट आएको छैन । राम्रो व्यवसाय गर्न सक्ने बैंकहरूले ६२ प्रतिशतसम्म नाफा वृद्धि गरेका छन् भने ७ बैंक बाहेक अन्यको नाफामा पनि त्यति असर परेको देखिदैन ।करिब ३ प्रतिशत पनि कर्जा विस्तार हुन नसकेको यस्तो अवस्थामा बैंकहरूले हाल गरेको नाफालाई राम्रो नै मान्नु पर्छ । ७ वटा बैंकको नाफा घट्दा १७ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ ।

प्रतिसेयर आम्दानी घटाउने बैंकहरूमा एनआईसी एशिया, एभरेष्ट, कुमारी नबिल, नेपाल एसबीआई, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्शियल बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, प्रभु बैंक, एनएमबि, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्शियल, माछापुँच्छे«, लक्ष्मी, हिमालयन बैंकको प्रतिसेयर आम्दानी घटेको छ । बाँकी बैंकको भने प्रतिसेयर आम्दानी बढेको छ । चालु आवको पहिलो त्रैमासको प्रतिसेयर आम्दानी बढाउने बैंकमा सनराइज, कृषि विकास बैंक, स्ट्याण्र्डड चार्टड रहेका छन् ।

यो अवधिमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी सनराइन बैंकले बढाएको छ भने सबैभन्दा बढी प्रतिसेयर आम्दानी एनआईसी एशिया बैंकको रहेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना साउदेखि असोजसम्मको तथ्यांकमा एनआईसी एशिया बैकको प्रतिसेयर आम्दानी पहिलो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा १२.४६ रुपैयाँले घटेर ४६.७६ रुपैयाँमा सीमित भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/04/bank-q.pdf” cache=”off”]

पहिलो त्रैमासमास बैंकको यस्तो सूचकांक ५९.६२ रुपैयाँ थियो । एभरेष्टको पहिलो त्रैमाससम्म ३६.५८ पैसा रहेको प्रतिसेयर आम्दानी तेस्रो त्रैमासमा ३०.७४ रुपैयाामा झरेको छ । ३४.४२ पैसा रहेको स्टयाण्र्डड चार्टड बैंकको प्रतिसेयर आम्दानी बढेर ३६.९१ रुपेयाँ पुगेको छ भने सनराइज बैंक र कृषि विकास बैंकको प्रतिसेयर आम्दानी क्रमशः १३.७९ रुपैयाँ र ३.६७ रुपैयाँले बढेर १५.४३ रपैयाँ र ७.९० रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानी भनेको के हो ? 

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । कम्पनीले अग्राधिकार सेयर जारी गरेको छ भने करपछिको नाफाबाट अग्राधिकार सेयरको लाभांश घटाएर बाँकी रहने नाफालाई साधारण सेयरको कुल संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफल को आधार पनि हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार पनि हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स