काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले दशैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । यो अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरिएको छ ।
यस स्किम अन्तर्गत ‘‘आईएमई पे’ वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था कम्पनीले मिलाइएको छ । क्यासव्याकको सीमा २००० सम्मको रहेको छ । यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फिक्स बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले हवाई टिकट ‘आइएमई पे’ को भुक्तानी सेवासँगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।
‘आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । उक्त वालेटमा ३५ हजार एजेण्ट आउटलेट संजाल छन् । ‘आइएमई पे’ आइएमई गू्रपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो ।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।