ज्योति विकास बैंकको नाफा साढे ५१ करोड

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवमा बैंकले २० करोड १६ लाखमात्र नाफा कमाएको छ । गत आवमा ५१ करोड ५७ लाख नाफा कमाएको थियो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ६० प्रतिशत घटेको छ ।

चालु आवमा निष्क्रिय कर्जा बढेपछि कम्पनीको नाफा प्रभावित भएको हो । गत आवमा १.३७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ३.८९ प्रतिशत पुगेको छ ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६० प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालु आवमा २१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले १ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेकोमा चालु आवमा १ अर्ब ६७ करोड पुगेको छ ।

चुक्तापुँजी ४ अर्ब ३९ करोड रहेको कम्पनीले जगेडामा १ अर्ब ४९ करोड सञ्चित गरेको छ । रिटेन्ड अर्निङ २७ करोडभन्दा बढी ऋणात्मक छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवमा १६ दशमलव ११ रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालू आवमा ६.१२ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४५.२८ गुणा, तरलता अनुपात २०.३३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२७.८० रहेको छ ।

गत आवमा १६. ११ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालु आवमा ६.१२ मा झरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४५.२८ गुणा, तरलता अनुपात २०.३३ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२७.८० रहेको छ । ब्याज आम्दानी ११.७० प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ३८.३० प्रतिशतले घटेको छ । इम्पेरिमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स