महालक्ष्मी विकास बैंकको नाफा ३७ करोड

काठमाडौं ।

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.९५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेपनि खुद फि तथा कमिशन आम्दानी घटेको र खराब कर्जा बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.३८ प्रतिशत घटेको छ । निष्क्रिय कर्जा २.८९ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३४ करोड ७४ लाख पुगेपछि बैंकको सञ्चालन मुनाफा ४६.४४ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ ६२ पैसा घटेर १२ रुपैयाँ १२ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८१ पैसा रहेको छ ।

४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २० करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप १५.७० प्रतिशत बढेको छ भने कर्जा ४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स