‘आइएमई पे’ बाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब ग्राहकवर्गले नेपालभरि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको मिल्ने भएको छ । आइएमई पे ले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई थप मध्यनजर राख्दै उक्त सेवा सुचारु गरेको हो ।

आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।

आइएमई पेको यात्रा सेवामा केबल कार भित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स