काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट कायम रहेको छ । सोमबोर नेप्से ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा आएको छ । हिजो (आइतबार) नेप्से ६१ अंकले घटेको थियो ।
आज २२७ कम्पनीको ६७ हजार ५८७ पटक सेयर कारोबार भएको छ । १ करोड ४ लाख ७८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १२ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेका सबै उपसमूहहरु घटेका छन् । लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्स उपसमूह ४ सय अंकभन्दा माथिले घटेका छन् ।
मनकामना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज साताको दोश्रो दिन सोमबार ९.९९ प्रतिशतले बढेकोे छ । हिजो आईतबार कम्पनीको सेयर प्रति कित्ता १४४८.९० रुपैयाँमा कारोवार भएको थियो भने आज सोमबार १५९३.७० रुपैयाँमा भएकोे छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता १४४.८० रुपैयाँले बढेको छ ।
मैंलुङ खोला जल विद्युत कम्पनीको सेयर मूल्य आज सोमबार ९.९७ प्रतिशतले बढेको छ । आज कम्पनीको सेयर प्रति कित्ता २२६.२० रुपैयाँमा कारोबार २०५.७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
गोर्खाज फाइनान्स कम्पनीको सेयर मूल्य आज सोमबार ६.०८ प्रतिशतले बढेको छ । हिजो प्रति कित्ता सेयरको मूल्य ९६७ रुपैयाँमा कारोवार भएका थियो भने आज सोमबार १०२५.८० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ५८.८० रुपैयाँले बढेको छ ।
११% एनआईसी एशिया डिवेञ्चर ०८२/८३ को सेयर मूल्य आज सोमबार प्रति कित्ता १०६० रुपैयाँमा कारोवार भएको छ भने हिजो १०४० रुपैयाँमा भएको थियो ।
सटिजन म्यूचुअल फण्ड-२ को सेयर मूल्य आज सोमबार प्रति कित्ता १०.३० रुपैयाँमा कारोबार भएको छ भने हिजो प्रति कित्ता सेयरको मूल्य १०.१४ मा भएको थियो ।