काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र सेयर सदर भएको छ । मागभन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ ।
गोलाप्रथा मार्फत १ लाख २७ हजार १ सय ८६ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले गत चैत २८ गतेदेखि आज वैशाख ३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी भएको थियो।
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरि सकेको छ।
कम्पनीको आईपीओ प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ।
१. बिक्री प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।