नेपाली सेनाको सैन्य पदमा ठूलो संख्यामा रोजगारीको अवसर, कक्षा ८ पास भए पुग्ने

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै ४ हजार ५०० जनशक्ति माग गरेको हो ।

उक्त पदमा १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेका इच्छुक व्यक्तिले १४ जेठसम्म आवेदन दिन सक्ने छन् । नेपाली सेनाको बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ। दोब्बर दस्तुर तिरी जेठ १४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

सैन्य पदमा दरखास्त दिन कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा ९ र १० उत्तीर्णले पनि कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्र पेस गर्नुपर्नेछ। न्यूनतम २ जीपीए अनिवार्य हुनुपर्नेछ। कुनै पनि विषयमा डी प्लस भन्दा कम हुन हुने छैन।

सेनाले खुलातर्फ २ हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स