काठमाडौं । बाँकेको नेपालगन्जको न्यूरोड क्षेत्रबाट झण्डै ५ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनका तयारी गरगहनासहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सोनी र ठाकुरले सुनको तयारी सिक्री, माला, वाला, चुरी, झुम्का मुन्द्री, ब्रासलेट हार औंठीलगाएतका गरगहना बनाएर ल्याएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।